सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको

दमौली, माघ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनु भएको छ ।
तनहुँको आँबुखैरेनीमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकता प्रक्रियामा ढिलाई हुँदा समस्या भएको बताउँदै एकतालाई टुङ्गोमा पु¥याउन विलम्बन गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै राम्रा काम गरेको छ, तल्लो तहसम्म पार्टी एकता प्रक्रिया नसकिएकोले सरकारका राम्रा कामको प्रचारप्रसार हुन सकिरहेको छैन ।’ पार्टी सङ्गठन चुस्त दुरुस्त भए मात्रै सरकारका गतिविधि समेत सफल हुने नेपालको भनाई थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले पार्टी एकीकरणमा ढिलासुस्ती भएको भन्दै सबैलाई न्याय हुने गरी पार्टी एकीकरणको प्रक्रिया टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकरणका लागि धेरै ढिलाई भइसकेको छ, कार्यकर्तालाई व्यवस्थित गर्दै चाँडै नै यसलाई टुङ्गोमा पु¥याउँछौ ।”
उहाँले सरकारबाट पनि केही कमजोरी हुन सक्ने भन्दै त्यसलाई सच्याउँदै अगाडि बढ्नु पर्ने बताउनुभयो । भोलिका दिनमा आलोचना हुने ठाउँ नराखी सरकार अगाडि बढ्नुपर्नेमा उहाँको भनाइ छ । आइतबार नै वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बन्दीपुर गाउँपालिकामा रहेको बाख्रा अनुसन्धान केन्द्रको समेत निरीक्षण गर्नु भयो ।
यसैबीच दमौलीमा आयोजित अर्को एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारयणकाजी श्रेष्ठले डा. गोविन्द केसीको १६ औं अनशन राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउनुभएको छ । चिकित्सा शिक्षासँग कुनै सम्बन्ध नै नभएको द्वन्द्वकालीन मुद्दाको विषयलाई अनशनको मागको रूपमा प्रस्तुत गर्नु नै राजनीतिक उद्देश्यबाट प्रेरित भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
दमौलीमा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा विधेयकमा डा.केसीको पहिलेका मागहरू सबै सम्बोधन भइ सकेको भन्दै श्रेष्ठले अब अनशनको औचित्य नभएको बताउनुभयो ।
पार्टी संगठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै उहाँले अब तत्काल पार्टीको सचिवालयको बैठकले एकीकरणको सम्ूुर्ण प्रक्रिया पूरा गर्ने बताउनुभयो । कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेबारी दिए पनि कार्यदलले कुनै निश्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अव सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here