यो बसपार्क हो र ?

काठमाडौँ । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा रहेको एउटा बसपार्कको दुर्दशा हेर्दा लाग्छ, यो पनि बसपार्क हो र ?
बसपार्कमा जताततै फोहोरको थुप्रो, छेउछाउमा देखिने दिशा पिशाव अनि धुलो देख्दा बसपार्कमा छिरेको जस्तो भान कसैलाई पनि हुदैन ।
बसपार्कभित्र न व्यवस्थित टिकट काउन्टर छ न त यात्रु प्रतीक्षालय नै छ । बत्तीको त कुरै नगरौँ न खानेपानी, शौचालय लगायतका पूर्वाधार छ । तर पनि जिल्ला सदरमुकामको एक मात्र बसपार्क हो ।
कुन ठाँउ जाने टिकट कहाँ पाइन्छ ? यात्रुले स्पष्ट देख्ने सूचना बोर्डको व्यवस्था पनि छैन । बसपार्कका भेटिएका मान्छेलाई आफुले जानु पर्ने गन्तव्यको टिकट कहाँ पाइन्छ भनेर सोध्नु पर्ने अवस्था छ । यहाँ ठाउँ अनुसारको टिकट काउन्टर र ठाउँ अनुसार टिकट भाडा लेखिएका बोर्ड पनि कहि भेटिदैनन् सिन्धुलीका बसपार्कमा ।
स्थानीयका अनुार ग्वाङखोला र गर्दुवा खोलाको सङ्गमस्थलमा रहेको बगरलाई नगरपालिकाले बसपार्कको रुपमा विकास गर्न खोजे पनि त्यो ठाँउमा पूर्वाधारको अभाव रहेको भन्दै हाल स्थगित गरिएको छ ।
जनकपुर जान थाल्नुभएका मधेशी मुलका सुरेश कुमारको प्रतिक्रिया सुन्दा यस बसपार्क अवस्था छर्लङ्ग हुन्छ । सुरेश भन्नुभयो, मान्छे बढी रहेका छन् । यातायाताका साधन पनि त्यही अनुरुप वृद्धि भइरहेका छन् तर बसपार्कको कन्तबिजोग हेर्दा उदेक लागेर आउन्छ । बसपार्कमा पिशाब लाग्दा हाम्रो तराईको जस्तै आँखा चिम्लेर पिशाब गर्ने बाहेक अरु केही उपाय छैन ।
राजस्व असुल्न मात्र फल्केको कमलामाई नगरपालिकाले हालसम्म बसपार्कलाई व्यवस्थित गर्ने प्रक्रियाको ठोस कार्ययोजना अझै बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here