ओमले एनसीसीको उपचार गर्ने

काठमाडौँ । ओम हस्पिटल एन्ड रिसर्च सेन्टर थापाथलीले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडका कर्मचारीको उपचार गरिदिने भएको छ ।
यी दुई संस्थाबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार, एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरुले ओम हस्पिटलका सेवाहरmमा विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकहरmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here