४० वर्षमा ६ किलोमिटर सडक


काठमाडौँ । काठमाडौँसँग सीमाना जोडिएको मकवानपुर जिल्लाको मनहरीदेखि चैनपुर जोड्ने सडकको ट्रयाक खन्न ४० वर्ष लाग्यो भनेर सुन्दा अचम्म लाग्न सक्छ । तर यथार्थ यही हो । पूर्व पश्चिम राजमार्गको मनहरी बजारबाट राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरसम्मको छ किलोमिटर सडकको ट्रयाक निर्माण खोल्न ४० वर्ष लागेको हो ।
बि.सं २०३४ सालबाट खन्न शुरु गरिएको सो सडकको ट्रयाक खोल्ने काम बल्ल सकिएको छ भने अझै सडकको दायाँबायाँ काटछाँट एवम् सरसफाईको बाँकी नै रहेको छ । सो कार्य अन्तिम चरणमा पुगेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
अध्यक्ष मल्लले मनहरीदेखि चैनपुरसम्म सडक निर्माण भएपछि मकवानपुर जिल्लाको पश्चिमी भेगबाट धादिङ्ग जिल्लाको मलेखु पुग्न सहज हुनेछ ।
यो सडक खण्डको अर्काे दुर्भाग्य नै भन्नुपर्छ । सडक खण्डको आँपखोल्सीमा पक्की पुल निर्माण गर्न तत्कालीन जिल्ला विकास समितिले ९६ लाख रुपियाँमा ठेक्कामा दिएपनि अझै काम सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here