देशभर फोरजी विस्तार हुने

काठमाडौँ । संघीय संसदको अर्थ समितिले सरकार नियन्त्रित नेपाल टेलिकमलाई एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्न निर्देशन दिएको छ ।
मंलवार बसेको समितिको बैठकले फोरजी सेवाका विस्तारका लागि सम्झौता भएको एक वर्षभित्र देशभर सेवा प्रवाह गर्ने गरी काम गर्न निर्देशन दिएको हो । इ गभर्नेन्सका लागि महत्वपूर्ण मानिने फोरजी सेवा विकसित मुलुकले यस अघि नै प्रयोगमा ल्याइसकेका छन् ।
बैठकले नेपाल टेलिकमलाई तीन वटा विकल्प पनि सुझाएको छ । समितिले दिएको विकल्पमा फोरजी सेवा विस्तारको निर्णय लिँदा अहिलेकै ठेक्कालाई निरन्तरता दिने वा प्रविधिको स्तर वृद्धि गरी सेवा उपलब्ध गराउने वा कानून बमोजिम सबैभन्दा छिटो प्रक्रिया थालनी गरी नयाँ बोलपत्र आह्वान गर्ने भन्ने निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here