बुद्ध एअरले भद्रपुरबाट अब रात्री सेवा दिने

काठमाडौँ । निजी क्षेत्रको सफल एअरलायन्सको रुपमा स्थापित बुद्ध एयरले भद्रपुर विमानस्थलबाट रात्रीकालीन उडान सेवा दिने भएको छ । आरएनएभी नामक नयाँ प्रविधि अनुसार सो विमानस्थलमा कम दृश्यावस्थामा र रात्रिकालीन उडान गर्न सकिने भएको पछि बुद्धले सेवा दिने भएको हो ।
बुद्ध एयरले काठमाडौँबाट भद्रपुरमा दैनिक तीन वटा उडान गर्ने भएको छ । जसले गर्दा नेपालका पूर्वी पहाडी जिल्लाका बासिन्दा तथा छिमेकी भारतको सिलिगुढी, दार्जिलङ, सिक्किम तथा भुटान र बङ्गलादेशका यात्रुलाई पनि सहज हुने ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here