अब मधेसवादी दलहरुले महाधिवेशन गर्ने


काठमाडौँ । उपेन्द्र यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरम(संसफो) नेपाल र आधा दर्जन भन्दा बढी अध्यक्ष भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पार्टीको महाधिवेशन गर्ने भएका छन् ।
एउटा प्रत्यक्ष सत्ता साझेदारी र अर्काे सत्ता समर्थक पार्टीले आफ्नो महाधिवेशन स्थल जनकपुरलाई रोजेका छन् ।
राजपा नेपालको आगामी २०७६ सालको बैशाख ७, ८ र ९ गते र उपेन्द्र यादव नेतृत्वको पार्टीले बैशाखको अन्तिम २८, २९ र ३० गते महाधिवेशन गर्ने भएका छन् ।
२०६४ सालमा स्थापना भएको उपेन्द्र यादवको फोरम नेपालसँग २०७२ सालमा अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी र खस आर्य समाजवादी पार्टीसँग फोरम नेपालले एकीकरण गरेर सङ्घीय समाजवादी फोरम नेपाल निर्माण भएको थियो । त्यसैले यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ ।
बिभिन्न मधेशवादी विभिन्न छवटा दल मिलेर राजपा नेपाल २०६० सालमा गठन भएको हो । महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा), राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टी मिलेर २०७४ बैशाख ७ गते राजपा नेपाल गठन भएको थियो ।
पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख गरिएको भएपनि तयारी नपुगेको कारण देखाउँदै पुनः एक वर्षको म्याद थपिएको थियो । सो समयपछि हालसम्म महाधिवेशन हुन सकेको छैन । सो पार्टीले पनि एकता महाधिवेशन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here