कानूनी जटिलताले प्रतिफल आउन सकेन ः ईश्वर पोखरेल


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक अवस्था परिवर्तन अनुरुप कानुनी र संरचनागत परिवर्तनमा हुन नसकेकोले अपेक्षित उपलब्धी हासिल हुन नसकेको बताउनुभएको छ ।
उहाँले राजनीतिक तथा संवैधानिक व्यवस्था देखिने गरी आएपनि ततअनुरुपका अन्य कानुनी र संरचनागत व्यवस्थाहरू त्यसअनुरुप हुन नसक्दा सरकारले प्रतिफल दिन नसकेको बताउनुभयो ।
नयाँ संवैधानिक व्यवस्था अनुसार कानुन र संरचनाहरूको पनि परिवर्तन नभएसम्म चाहेको जति उपलब्धि हासिल गर्न कठिन हुने भन्दै उहाँले अबको मिसन देशको समृद्धि भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here