फेरी बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । पछिल्लो नयाँ मूल्य अनुसार निगमले आज (शनिबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई/दुई रुपैयाँ बढेको छ । अब मूल्य बढेपछि पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ भएको छ ।

शनिबारको मूल्य समायोजनसँगै निगमलाई १५ दिनमा एक अर्ब १६ करोड रुपैयाँ नाफा हुने निगम को दाबी छ । 
 
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैन । निगमलाई खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३२ रुपैयाँ घाटा रहेको निगमले दाबी गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here