काठमाडौँ । भारतीय लगानीको जलविद्युत् आयोजना निर्माण स्थलमा रहेको वन क्षेत्रका छ हजार भन्दा बढी रुख कटानी भएका छन् ।
संखुवासभा जिल्लाको मकालु गाउँपालिका वा नं. ५ बाँध स्थल र चिचिला गाउँ पालिकाको स्थित पावर हाउस निर्माणका लागि ती रुख काटिएका हुन् । काटिएका रुखको क्षतिपूर्ति स्वरुप आयोजनाको प्रवद्र्धक कम्पनीले काटिएको एक रुख बराबर २५ वटा रुख रोपण गर्ने र हुर्काउने जिम्मा लिनु पर्ने हुन्छ । आयोजनको प्रवद्र्धक भारतीय सतलज कम्पनी रहेको छ ।
आयोजनाको निर्मााणस्थल १२३ हेक्टर रहेको छ । सो क्षेत्रमा रहेको छ हजार भन्दा बढी बिभिन्न प्रजातिका रुख काटिएको कुरा डिभिजन वन कार्यालयल संखुवासभाले जनाएको छ ।
आयोजनाले प्रशासन लाइन निर्माणका लागि सामुदायिक वन र निजी वनका रुख कटान गर्ने भएको छ । सो को स्वीकृति लिइसकेको आयोजनाको प्रवद्र्धक कम्पनी सतलजले जनाएको छ । आयोजनाका अनुसार प्रशारण लाइन निर्माण गर्नका लागि चाहिने क्षेत्रमा झण्डै एक हजार रुख कटान गर्न बाँकी छन् ।
बाँध स्थल, पावर हाउस तथा प्रशारण लाइनका लागि संखुवासभा जिल्लामात्र झण्डै १५ हजार रुख कटान हुने भएका छन् । उच्च हिमाली क्षेत्रमा पाइने चिलाउने, कटुस, सखुवा लगायतका बिभिन्न प्रजातिको बिरुवा कटान गरिने भएको छ ।