काठमाडौँ । प्रदेशभित्रका प्रहरीको परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी सिडिओलाई दिने तयारी गरेको छ ।
संघीय संसदमा दर्ता भएको विधेयकमा आफ्नो क्षेत्रभित्रका नेपाल प्रहरी तथा प्रदेश प्रहरीको परिचालन गर्न सक्ने अधिकार सिडिओलाई दिइने प्रश्ताव गरिएको छ । प्रश्तावित विधेयकमा यस अघि सिडिओले प्रयोग गर्दै आएका अधिकार पनि यथावत राखेको छ । यो प्रश्तावका बारेमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् ।
प्रश्तावित विधेयकमा प्रदेश प्रहरीको परिचालनको अधिकार ती प्रदेशका आन्तरिक मामिला मन्त्रालयको समन्वयमा सिडिओले गर्न पाउने उल्लेख गरिएको छ ।
आफ्नो क्षेत्राधिकार ( जिल्ला) भित्रका नेपाल प्रहरी, प्रदेश प्रहरीको रेखदेख र निगरानी गर्ने अधिकार सिडिओको हुने उल्लेख गरिएको छ । त्यसका अतिरिक्त ती कार्यालयको निरीक्षण, अनुगमन गर्ने अधिकार समेत दिइएको छ ।
यस अघि भएको जिल्ला सुरक्षा समितिको अध्यक्षता गर्ने अधिकार पनि सिडिओलाई दिइएको छ । जिल्लाको शान्ति सुरक्षा तथा समन्वयका लागि सिडिओको अध्यक्षतामा जिल्लाका सबै सुरक्षा प्रमुखहरु सदस्य रहने गरी व्यवस्थापन गरिने पनि प्रश्तावित विधेयकमा उल्लखे गरिएको छ ।