बाघको आक्रमणबाट एकको मृत्यु

बर्दिया । भारतको जंगलबाट बस्ती पसेको पाटे बाघको आक्रमणका परी बर्दियाको बढैयाताल गाउँपालिका वा न २ का ७१ वर्षीय वृद्ध चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । सोही बाघको आक्रमणमा परेर अर्का स्थानीय बिजय बुढा शक्त घाइते भएका छन् ।
जिस्किएको बाघले शाहीलाई टाउको र घाँटीमा दाँत र नङ्ग्राले चिथोरेको छ भने शाहीलाई बचाउन खोज्दा बाघको आक्रमणमा परेर बुढा घाइते भएका हुन् ।


निरन्तर र धेरै रक्तश्राव भएपनि घाइते शाहीको बर्दियामा उपचार हुन नसक्दा नेपालगञ्ज मेडिकल कलेजमा उपचारका ल्याएको र उपचारका क्रममा मृत्यु भएको हो । अर्का घाइते बुढाको उपचार अस्पतालमा उपचार भइरहेको छ ।
घर नजिकैको दालबारीमा लुकेर बसेको बाघले शाहीलाई सोमवार साँझ आक्रमण गरेको थियो । शाहीलाई चिथोर्दा चिथोर्दै परिवारका अन्य सदस्य तथा छिमेकीले थाहा पाएर होहल्ला गरेपछि जिस्किएको बाघले बुढाले पनि आक्रमणको निशाना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here