असारभित्र मेलम्ची बनाउन कडा निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले आउने असार महिनाभित्र मेलम्चीको बाँकी काम पुरा गर्न मन्त्रीपरिषद्को कार्यालय र खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको छ ।

यस अघि काम गरिरहेको कम्पनी सीएमसीलाई मन्त्रालयको नेतृत्वले काम गर्न नदिई अनेकौँ शर्त राखी सम्झौता रद्ध गरेपछि आयोजनाको निर्माणमा अन्यौलता भइरहेका बेला समितिले यस्तो कडा निर्देशन दिएको छ ।

समितिको बिहीवार बसेको बैठकले सम्झौता तोडिएपछि विशेष परिस्थिति सिर्जना भएको र लागत, समय र उपत्यकाबासीको सपनालाई पूरा गर्न कुनै पनि बहाना नबनाई आउँदो असारभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो ।

बैठकले सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम विशेष परिस्थितिमा खरिद गर्न सक्ने व्यवस्थाको प्रयोग गर्न, कानुन र प्रक्रिया बाधक भए संशोधन वा परिमार्जन गरी गर्ने अथवा अन्य उत्तम विकल्प भए त्यसैको प्रयोग गरी लागत नबढ्ने गरी काम पुरा गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here