मनाङको बाटो खुल्यो

काठमाडौँ । हिमपातपछि बन्द हिमाली जिल्ला मनाङको सडक शनिवार देखि आंशिक रुपमा खुलेको छ ।

पूर्ण रुपमा खुल्न केही साता लाग्ने भएपनि शनिवार बिहानदेखि लमजुङको बेंसीसहरदेखि सदरमुकाम चामेसम्म सवारी आवागमन हुन थालेको छन् ।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्युखोलामा खसेको ढुंगा नजिकैबाट वैकल्पिक बाटो बनाइएको छ । ठाउँठाउँमा खसेको ढुंगा, पहिरो, भाँचिएका तथा लडेका रुख हटाउनुका साथै हिउँ पन्छाएपछि चामेसम्मको बाटो खुलेको छ ।

स्थानीय प्रशासन, डिभिजन सडक कार्यालय दमौली र मनाङमा जलविद्युत् आयोजना निर्माण गरिरहेको चिनिया कम्पनीको सहयोगमा बाटो खुलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here