नेपाली सेनाको जङ्गी अड्डा प्लाष्टिकमुक्त

काठमाडौँ । नेपाली सेनाले आफ्नो सैनिक मुख्यालय जङ्गीअड्डा परिसरलाई ‘प्लाष्टिकमुक्त क्षेत्र’ घोषणा गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गीअड्डालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्नु भएको छ । प्लाष्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै प्रधानसेनापति थापाले प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमै प्रयोग नगर्ने अभियान नेपाली सेनाले सुरु गरेको बताउनुभयो ।

सेनाका अनुसार मुलुकभर तैनाथ सेनाको सम्पूर्ण युनिटहरु पृतना, वाहिनी, गण र गुल्म तथा प्लाष्टिकमुक्त क्षेत्र बनाउन निर्देशन दिइ सकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here