अब राजमार्ग ‘क्लिन एण्ड ग्रिन’

काठमाडौँ । प्रदेश ५ को क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्ग क्लिन एण्ड ग्रिन राजमार्ग बन्ने भएको छ ।

प्रदेश सरकार स्थापना दिवसमा राजमार्गका बिभिन्न खण्डमा प्रदेशका मूख्य मन्त्री तथा अन्य मन्त्रीहरुले सरसफाईको कार्यक्रम सुरुवात गरेर राजमार्ग क्लिन एण्ड ग्रिन बनाउने उद्घोष गर्नुभएको छ ।

वुटवल, लमही, कोहलपुर तथा बर्दियाको बाँसगढीमा आयोजना भएका कार्यक्रममा प्रदेश सरकारका मन्त्रीले आफैले झाडु, कुच्चोले सफाई अभियान सुरु गरेका छन् ।

यो प्रदेश अन्तर्गत रहेको राजमार्ग छेउछाऊमा राजमार्ग सुहाउँने खालका वृक्षरोपण पनि गर्ने र राजमार्गको दायाँबायाँ भागलाई हरियाली बनाउने संकल्प पनि गरिएको प्रदेशका मूख्य मन्त्री शंकर पोखरले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here