सङ्घीय निजामती विधेयक अनुमोदन

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक संशोधन दर्ताका लागि प्रतिनिधि सभाले अनुमोदन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रस्तावमा विधेयक संशोधन दर्ताका लागि अनुमोदित भएको हो । अब विधेयकमाथि सांसदहरुले संशोधन दर्ताको समय पाउनुहुनेछ । ७२ घन्टाभित्र संशोधन दर्ता गरिसक्नु पर्नेछ ।

विधेयकको सैद्धान्तिक छलफलमा सांसद्हरूले निजामती सेवा स्थायी सरकार भएकाले विधेयक तर्जुमामा विशेष ध्यान पु¥याइनुपर्ने बताउनुभयो ।

सङ्घीय निजामती सेवा विधेयक प्रदेश निजामती सेवाको ‘गाइडलाइन्स’ समेत भएकाले सङ्घीयता र संविधानको मर्मअनुसार विधेयक पारित हुनुपर्ने सांसद्हरूको जोड छ ।

यस्तै, प्रतिनिधिसभाको सोमबारको बैठकले नेपाल प्रहरी प्रदेश प्रहरीको कार्यसञ्चालन, समन्वय तथा सुपरीवेक्षणसम्बन्धी विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा विधेयक समितिमा पठाइएको हो । सभाको निर्देशनअनुसार अब विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here