भालूको आक्रमणबाट दुई घाइते

अर्घाखाँची । पछिल्लो समयमा मानव वन्यजन्तु द्धन्द्धका घटनामा वृद्धि भइरहेको छ । अघिल्लो हप्ता सप्तरीमा चितुवाको आक्रमणमा परेर एकै परिवारका पाँच जना शख्त घाइते भए ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धाराको तल्लो हर्रेमा भालुको आक्रमणमा दुईजना शख्त घाइते भएका छन् ।

माथिल्लो हर्रेबाट काम गरी तल्लो हर्रे जाने क्रममा जंगलको बाटोमा भालुले आक्रमण गरेको हो। आक्रमणमा ३८ वर्षका शंकर सोती र ५० वर्षका पदमबहादुर बलाल घाइते भएका हुन् ।

भालुको आक्रमणबाट शंकरको दाहिने खुट्टामा चोट लाग्नुका साथै शरीरका विभिन्न भाग लछारेको छ । पदमको बायाँ हातमा चोट लागेको छ। घाइते दुबैको बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here