हिमालय एअरलाइन्सले शुल्क नतिरे ग्राउन्डेड गराइने

काठमाडौँ । अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि जहाज ग्राउन्डेड गराइने भएको छ। 

बक्यौता र विलम्ब शुल्क गरेर हिमालयले झण्डै २० करोड रुपैयाँ विमानस्थललाई बुझाउन बाँकी छ। बक्यौता २६ करोडभन्दा बढी पुगेपछि विमानस्थल कार्यालयको बारम्बार ताकेतापछि ६ करोड ४० लाख रकम बीचमा बुझाएको थियो।

बाँकी रकम पनि तिर्न ताकेता गरे पनि आनकानी गरेपछि विमानस्थल कार्यालयले एअरलाइन्सलाई पछिल्लो सयम बक्यौता बुझाउन माघ ४ गते एक महिनाको समय दिएर पत्राचार गरेको थियो। पत्रअनुसार फागुन ४ गते पनि बक्यौता चुक्ता नगरेपछि जहाज ग्राउन्डेड गर्ने चेतवानीसहित फेरि पत्राचार गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here