चीन जोड्ने कोरला नाकामा नेपालका गफै बढी

काठमाडौँ । नेपालले कोरला नाका खोल्ने कुरामा चौतर्फी हल्ला बढी गरेपनि नाका सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार भने अझै बन्न सकेको छैन ।

हुन त कोराला नाका खोल्ने कामका लागि श्रेय लिने पछिल्लो चरणमा धेरै अनुहारहरु देखा पर्ने गरेका छन् । तत्कालिन भौतिक योजना मन्त्री छविराज पन्त, मन्त्रालयका सचिव तुलसी सिटौला, सडक विभागका तत्कालिन महानिर्देशक देवेन्द्र कार्की ( हालका सचिव ) लगायतका व्यक्तित्वले त विश्वास गर्ने सक्ने कुरा भएन ।

बोल्ने कम, काम बढी गर्ने चीनले आफ्नो काम गर्ने शैली देखाउँदै आफ्नो तर्फको तयारीलाई द्रुत गतिमा अघि बढाइ सकेको छ । चीनको तर्फबाट तयारी करिब अन्तिम चरणमा पुग्न थालेको छ । चीनले भन्सार नाका सञ्चालनका लागि चाहिने सबै पूर्वाधारहरु निर्माण गरिसकेको छ भने नेपालका तर्फबाट जग्गा खोज्ने र भिरालो जग्गाको माटो सम्याउने कार्य भर्खर हुन थालेको छ ।

खिलराज रेग्मी सरकारका पालामा तत्कालिन गृह मन्त्री माधवप्रसाद घिमिरे, मूख्य सचिव लिलामणी पौडेलको जोडबलमा काली गण्डकी करिडोरलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरी ‘पुगुन्जेल बजेट’ छुट्याइदिएर सुरु गरिएको कोरला नाकाले अझै पूर्णता पाउन सकेको छैन ।

हुन त कोराला नाका खोल्ने कामका लागि श्रेय लिने पछिल्लो चरणमा धेरै अनुहारहरु देखा पर्ने गरेका छन् । तत्कालिन भौतिक योजना मन्त्री छविराज पन्त, मन्त्रालयका सचिव तुलसी सिटौला, सडक विभागका तत्कालिन महानिर्देशक देवेन्द्र कार्की ( हालका सचिव ) लगायतका व्यक्तित्वले त विश्वास गर्ने सक्ने कुरा भएन तर पनि बजारमा कोरला नाकाको हवाला दिएर सस्तो लोकप्रियता कमाउनेको कमि भने छैन । यद्धपी कोरला नाकाले जुन गति लिनु पर्ने हो त्यो भने लिन सकेको छैन ।

पारी पट्टी चीनले बनाएको भन्सार संरचना, वारी पट्टी नेपालको खाली जग्गा

कोरला नाकामा भन्सार कार्यालय निर्माण प्रक्रियाका लागि बल्ल जग्गा व्यवस्थापन गर्ने काम सुरु गरिएको छ । सीमा क्षेत्रको २४ नं. पिल्लर नजिकैको जग्गा व्यवस्थापनको तयारी भइरहेको छ । चीन सरकारले नाका सञ्चालनको पूर्व तयारी अनुसार भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पु¥याइसकेको छ ।

भन्सार नाकामा भन्सार कार्यालय, प्लान्ट क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, प्रयोगशाला, ट्रक तथा कन्टेनर पार्किङ, गोदाम घर, सुरक्षा प्रबन्ध तथा कर्मचारी आवासका लागि भौतिक संरचना निर्माण गर्नु पर्ने हुन्छ । ती संरचना कहिले बन्ने हुन् त्यसको पत्तो छैन ।

चीन सरकारले कोरलाको सीमा नजिकै आफ्ना सम्पूर्ण भौतिक संरचना निर्माण गरिसकेकाले नेपालले पनि सोही स्थानमै संरचना निर्माण गर्ने गरी तयारी गरिरहेको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभएको छ ।

चीनका तर्फबाट तयारी निकै अगाडी बढेको भएपनि नेपालका तर्फबाट खासै काम नहुन सकेको भन्दै उहाँले गुनाशो व्यक्त गर्नुभयो । हाल नेपालले सीमा नजिकैको एक हजार रोपनी जग्गा व्यवस्थापनको काम सुरु गरेका कारण अब भने समयमै नाका सञ्चालनमा आउछ कि भन्नेमा आशाबादी भएको सांसद तुलाचनले बताउनुभयो ।

नेपाल सरकार चीनसँग जोडिएका कोरला सहित आठवटा नाका सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here