दाङमा भ्यागुते रोग देखा पर्‍यो

तुल्सिपुर । दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भँैसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा रयाल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताए ।

एक हप्तादेखि भ्यागुते रोगले गर्दा भैँसी मरे पनि किसानले स्वास्थ्य शाखालाई जानकारी नगराउँदा रोग झनै फैलिएको प्रमुख रेग्मीको भनाइ छ ।

उक्त रोग नियन्त्रण गर्नका लागि प्राविधिक टोलीसमेत खटिएको भन्दै छिट्टै नियन्त्रणमा आउने प्रमुख रेग्मीले बताए । उनका अनुसार मौसम परिवर्तनसँगै भैँसी तथा गाईमा यस्तो रोग देखापर्छ ।

यस्तो रोग लागेका पशुलाई अन्य पशुसँग सँगै राख्दा सर्ने भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्न किसानलाई सुझाव दिएको पनि दिए। आफूले पालेका भैंसीहरु मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here