अब मैले स्पेस पाएँ: सिके राउत

काठमाडौँ । अदालतको आदेशबाट थुनामुक्त भएको भोलीपल्ट सरकारसँग एक सहमति गरेका सिके राउतले नेपालको राजनीतिक इतिहासमा आफुले स्पेश पाएको बताएका छन् ।

सरकारसँगको सहमतिको ऐतिहासिक भएको पनि राउतले बताएका छन् । उहाँले केही वर्षदेखि देशमा विकराल समस्याका रूपमा उठेको मुद्दाप्रति राज्य र आफूहरु कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित रहेको बताउँदै आज सहज, शान्तिपूर्ण र सुरक्षित रूपमा अवतरण भएको दिन साँच्चिकै ऐतिहासिक दिन हो भन्नुभयो ।

राउतले भन्नुभयो, “हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियाँै, राज्यद्वारा दमन हुँदा पनि हामीले कहिल्यै प्रतिशोध लिएनौँ, बरु प्रहरीेलाई गुलाबको फूल दिएका थियौँ, परिस्थितिको संवेदनशीलतालाई बुझी वर्तमान सरकारले आज सहमति गराएको छ । हामीले पनि स्पेस पाएका छौँ ।”

आफ्नो स्तरबाट राजनीतिक रूपमा प्रयत्न र सन्देश प्रदान गर्नुभएकामा उहाँले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयो । उहाँले आफूहरु आफ्नो अधिकारका लागि लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिई विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष दाहाल पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here