देश टुक्र्याउने अभियान सञ्चालन गर्ने सिके राउत थुनामुक्त

काठमाडौँ । नेपालबाट मधेशी भूमी अलग गर्नुपर्छ भन्ने अभियान सञ्चालन गर्ने सिके राउतलाई सर्वाेच्चले साधारण तारेखमा छाड्न आदेश दिएपछि राउत थुनामुक्त भएका छन् । यसअघि राउतलाई देश टुक्र्याउने गतिविधि सञ्चालन गरेको भन्दै राज्य विरुद्धको मुद्धामा केन्द्रीय कारागारमा राखिएको थियो । अदातलको आदेशलाई राउतलाई छोडिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका जेलर बेधनिधि अधिकारीका अनुसार अदालतबाट आएको पत्रानुसार थुनामुक्त गरिएको हो । यसअघि बिहीबार दिउँसो प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालत रौतहटबाट चलेको मुद्धामा राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो र त्यसपछि राउत उच्च अदालत जाँदा उच्च अदालतले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here