विप्लव पार्टीका जनसत्ता प्रमुखले पार्टी त्यागे

ओखलढुङ्गा । नेत्र विक्रम चन्द विप्लवको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै सो पार्टीका एकजना जनसत्ता प्रमुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेको घोषणा गर्नुभएको छ । सदरमुकाम ओखलढुंगामा बिहीबार पत्रकार सम्मेलन गरेर खत्रीले पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्नुभएको हो ।

खत्रीले विप्लवले लिएको एकिकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीका आगामी दिनमा कुनै पनि जिम्मेवारीमा पनि नरहने बताउनुभयो ।

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयोे, ‘मुख्य कुरा कार्यदिशा प्रष्ट नभएको र बहुदलीय पद्धतीलाई स्वीकार गर्नुको विकल्प नभएकाले विप्लवले नेतृत्व गरेको पार्टीसँगको सम्बन्ध विच्छेद गरेको हुँ ।’

पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको नेपाल बन्दकै दिन खत्रीले पत्रकार सम्मेलन गरेर पार्टीसँग आवद्ध नरहेको जनाउनुभएको हो ।

अब आफु मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here