सल्यान । सल्यानको दुर्गम छत्रेश्वरी गाउँपालिकाका आठ गाउँका बासिन्दाले टुकी र दियो बाल्नु पर्ने पीडाबाट मुक्ति पाएका छन् र बल्ल विद्युत् सुविधा उपभोग गर्ने अवसर प्राप्त गरेका छन् ।
चालु आर्थिक वर्षमा छत्रेश्वरी गाउँपालिकाका जामुने, पानीखोला, रावतगाउँ, राङ्सी, डुम्री, बतासे, श्रीचावर र साङकोटमा विद्युत् सेवा बिस्तार गरिएको छ ।
वर्षाैदेखि टुकी र दियो बालेर अँध्यारो भगाएका यहाँका बासिन्दा गाउँमा बिजुली बलेपछि निकै खुसी भएका छन् । रावत गाउँका प्रेमकुमार घर्तीले बत्ती पुगेपछि घरको भित्तामा एउटा टेलिभिजन राख्ने सपना पुरा हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, त्यसपछि सानोतिनो उद्यमतिर लाग्छु ।
विजुली विस्तार गर्न स्थानीय उपभोक्ताले आठ लाख रुपियाँ र थिए वडा नं ७ का अध्यक्ष मेघराज भण्डारीभन्नभयो गाउपालिकाको ५० लाख रुयियाँ लगानी भएको छ । नेपाल विद्युत् प्राधिकरणले पोल गाड्ने र तार तान्ने काममा गरेको छ ।
गुणस्तरीय विद्युत् सेवा प्रवाह गर्न जामुनेमा ५० वाट तथा राङ्सी र डुम्रीगाउँमा २५ वाटका ट्रान्सफर्मर जडान गरिएका छन् । आगानी पाँच वर्ष भित्र गाउँपालिकाका सबै गाउँमा विजुली विस्तार गरी सक्ने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो ।