चैत लाग्दा नलाग्दै वन डढेलो सुरु ( भिडियो सहित )

झापा । चैत लाग्दा नलाग्दै वन डढेलो सुरु भएको छ । विशेष गरेर तराई र चुरे शिवालिक क्षेत्रमा आगलागिका घटना हुने गरेका छन् । झापामा यो क्षेत्रमा २० विघा क्षेत्रफलको वन क्षेत्र आगलागिबाट ध्वस्त भएको छ ।

यसैबीच झापाको भद्रपुर–१० मा रहेको चन्द्रगढी सामुदायिक वनमा भिषण आगलागी भएको छ । अचानक फैलिएको आगो हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या देखिएको छ । हावाहुरी चलेको र आगोले ठुलो रुप लिएकाले दमकलको सहायतामा पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगो नियन्त्रणका लागि सयौं स्थानीय बासिन्दा पनि जुटेका छन् । साथै सेना पनि खटिएको छ । बस्ती र सामुदायीक वनबीचको क्षेत्रमा चिया बगान रहेकाले बस्तीमा आगो पुग्ने सम्भावना भने कमै छ ।
(भिडियो राधा खनालको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here