उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच मंगलवार सिंहदरबार स्थित मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेशको विचमा भएका सहमति र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयां सरकार बनेको भन्दै नयांँ सरकारसंँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिनुभयो । उहाले उर्जा क्षेत्रमा लगानीका लागी बङगलादेश सरकार ईच्छुक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here