वन मन्त्रालयले गर्यो कर्मचारीको पदस्थापन

कठमाडौँ । वन तथा वातावरण मन्त्रालयले स्थानी तह, प्रदेश तथा संघमा रोज्ने कर्मचारीको समायोजनको पत्र बुझाएको छ ।

वन तथा वातावरण मन्त्रालयका अनुसार जनरल फरेष्ट्री बाहेकका अन्य सेवा समुहका उपसचिव र शाखा अधिकृतको पदस्थापनाको चिठी मंगलवार तयार गरिएको छ । प्रदेश तथा संघमा रोजेको बोटानी, रिसर्च र स्वाइल समुहका पदस्थापनका लागि पत्र जारी भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा. विश्वनाथ ओली बुधवार श्रीलंकाको कोलम्बो आयोजना हुने एक कार्यक्रममा जाने भएकाले मंगलबार नै सो समुहको पदस्थापनको निर्णय गरिएको हो । निर्णय गर्नु पूर्व वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सचिव डा.ओलीले छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here