केशर महलमा भ्रमण वर्षको सचिवालय

काठमाडौँ । राणाकालीन दरबार केशरमहलमा नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गरिएको छ । गोरखा भूकम्पबाट सामान्य क्षति पुगेको उक्त भवनको मर्मत गरी सचिवालय बनाइएको हो । भ्रमण वर्षका कार्यक्रम संयोजक सुरज वैद्यले एक साताभित्रै सचिवालय प्रभावकारी रुपमा सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानअन्तर्गत यो वर्ष २० हजार २०० विरुवा रोपिने छ । ‘नेपाल टुरिजम एक्ससिलेन्स अवार्ड’, सम्पदा दिवस मनाउने र २० देखि ३० हजार स्वदेशी र विदेशी पर्यटकलाई सम्पदा भ्रमण गराउने, सातवटै प्रदेशमा पर्यटन प्रवद्धनका लागि लगानी भित्र्याउन आगामी अक्टोबर महीनामा पर्यटन लगानी सम्मेलन आयोजना गरिनेछ ।

नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here