छोरी बलात्कारीलाई १९ वर्षको कैद

मकवानपुर । कुनै मानिस कति निर्दयी र संस्कारहिन हुँदा रहेछन् । मानव भएर जन्मे पनि दानवको व्यवहार गर्दा तिनलाई सजाय पनि त्यस्तै मिल्दो रहेछ । मकवानपुरमा छोरी बलत्कार गरेको अभियोग लागेका एक जना बाबुलाई जिल्ला अदालत मकवानपुरले १९ वर्ष कैद फैसला सुनाएको छ ।

आफनै नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै बावुलाई जिल्ला अदालत मकवानपुरले १९ वर्ष कैद गर्ने फैसला हो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीय बाबुलाई १९ बर्ष कैद गर्ने फैसला गरेको हो ।

उनलाई ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । अदालतले नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेकोमा १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।

१३ वर्षीया बालिकालाई बावुले बिभिन्न पटक बलात्कार गरेको पीडितले बयान दिएको र ती बलात्कारी बाबुले पनि स्वीकार गरेको थिए ।

बलात्कारको घटना २०७५ साल पुसन २१ गते भएको थाहा पाएपछि पीडित बालिका र छिमेकीहरुले २२ पुसमा मुद्दा दायर गरेका थिए । प्रहरीले २३ पुसमा बावुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here