गौरीशंकरमा संरक्षण सञ्जाल बन्यो

काठमाडौँ । वन, वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्ने उद्धेश्यले गौरी शंकर संरक्षण क्षेत्र कार्यालय अन्तर्गत संरक्षण वन उपभोक्ता संजाल गठन भएको छ । सो सञ्जालले गौरीशंकर संरक्षण क्षेत्रको वन, वन्यजन्तु लगायतको प्राकृति सम्पदाको संरक्षण,सम्वद्र्वर्न, अनुसन्धान गर्ने काम गर्ने बताएको छ ।

दोलखाको विगु,गौरिशकर र कालिन्चोक गाउँपालिकाका १३ वटा वडाबाट जम्मा ५३ वटा संरक्षण वन उपसिमितिको सहभागिता रहेको थियो । स्थानीय स्तरमा वन सम्पदाको व्यवस्थापन कृयाशिल संरक्षण वन उपसमितिहरूलाई सशक्तीकरण गर्दै संगठित हुने कुरामा आयोजनाले विशेष ध्यान दिनुको साथै कार्यक्रमहरू अगाडि बढाउन सके सहि मानेमा जनवनको पक्षमा काम हुनेछ भने कुरामा वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रममा सांसद पार्वत गुरूङ,जिल्ला समन्वयन समितिको प्रमुख डवल पाण्डे र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले संयुक्तरूपमा संरक्षणको सिगटी स्थित प्राङ्गणमा कपुरको रूख रोपी सो कार्यको शुभारम्भ गर्नुभएको थियो ।

संरक्षण क्षेत्रको रामेछाप, दोलखामा वन्य जन्तुहरूबाट पिडित जम्मा ८ जनालाई क्षतिपूर्ति स्वरूप १ लाख १२ हजार रुपियाँको चेक पनि हस्तान्तरण गरियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here