कैलाली र कञ्चनपुरमा हावाहुरी: कम्तिमा तेह्र जना घाइते

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आज साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण जनजीवन निकै प्रभावित बनेको छ ।

झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण कम्तिमा १३ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । ठाउँ ठाउँमा रुख ढलेका छन् भने विजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द्य भएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । “क्षतिबारे अनुमान गर्न मुश्किल भएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यस्तै कञ्चनपुरमा समेत हावाहुरीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here