बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

सुर्खेत । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो ।

काठमाडाँैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिनुभयो ।

यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिनुभयो । “यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ”, उहाँले भन्नुभयो । हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here