अवैध काठ बरामद

सिरहा । प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–१ रतनपुरबाट आज ठूलो परिमाणमा साल काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी फणीन्द्र पोखरेलले अवैध रुपमा सञ्चालन गरेको मिलबाट विभिन्न आकारका ६२ थान साल काठ बरामद गरेको हो ।

बरामद भएको करीब रु तीन लाख बराबरको सो काठ आवश्यक कारवाहीका लागि इलाका डिभिजन वन कार्यालय लहानमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here