कोरोना वायरस को शुरुआत चीन बाट भए पनि यस बाट हुने सबै भन्दा क्षती र मृत्यु इटली र स्पेनमा जारी छ। इटली मा कोरोना वायरस को संक्रमण ले अहिले सम्म ९१३४ को ज्यान गैसकको छ भने उता स्पेन मा ४८५८ को मृत्यु भैसकेको छ र दुबैको संख्या मिलाउदा मृत्यु हुनेको संख्या १३ हज़ार ९९२ पुगीसक्यो ।
पुरै स्पेनेको जिम्मा सेनाको काधमा छ । सेनानै अस्पतालको सुबिधा तथा बन्दोबस्तीको सामान जुटाउन र संक्रमण मुक्त गर्ने काम गरिरहेको छ । स्पेन को सबै अस्पतालमा बिरामीको संख्या बढ्नाले सबै लाई काम गर्न ज्यादै अप्ठयारोमा छ भने नर्स र डाक्टरहरुले मेडिकल सर सामानको कमी हुदै गरेको र यसले झन भयावह अवस्था ल्याउन सक्ने बताएका छन् ।
कोरोना वायरसले हर दिन इटली मा सैकड़ों को मृत्यु हुदैछ । इटलीमा कोरोना वायरस को संक्रमण फैलिए पछी शुक्रवारमा मात्रै एकै दिनमा मृत्यु हुनेको संख्या सबै भन्दा बढी छ । शुक्रवार को २४ घंटा मा इटली मा ९१९ जनाको मृत्यु भयो ।
यो संख्यालाई मिलाएर कोरोना वायरस को संक्रमण ले मृत्यु हुनेको कुल संख्या ९१३४ पुगेको छ । यूरोप मा इटली कोरोना वायरस को चपेटमा सबै भन्दा नराम्ररी फसेको छ । इटली मा सबै बंद छ र नागरिकहरु आफ्नो आफ्नो घरमा कैद सरह छन् ।
इटली को उत्तरी क्षेत्र लोम्बार्डी कोरोना वायरसले सबै भन्दा ज़्यादा प्रभावित छ। इटली मा कोरोना वायरस ले संक्रमित को कुल संख्या ८६५०० भन्दा बढी भैसकेको छ ।