सरकारका दुई मन्त्री बिरुद्ध अख्तियारमा थप उजुरी

काठमाडौँ । चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको दावी गर्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्काे उजुरी परेको छ ।

चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

अधिवक्ता त्रिपाठीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट खरिद गर्दा अनियमितता भएको उजुरीमा दाबी गरेका छन् । यस अघि विवेकशिल नेपाली दलले मुलुकमा संकट परेको मौकाको फाइदा उठाउँदै स्वास्थ्य जस्तो सम्वेदशिल सामान खरिदमा करोडौँ अनियमितता गरेको दावी गर्दै आयोगमा उजुरी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here