काठमाडौँ । आफ्नो देशबाट फैलिएको कोरोना भाइरसले विश्वभरी उदण्ड मच्चाइरहेका बेला चीनले देशभरी कुकुर र बिरालोको मासु खान र बिक्री वितरणमा बल्ल प्रतिवन्ध लगाएको छ ।
चिनियाँ सञ्चारमाध्यामले जनाए अनुसार कोरोनाका कहर फैलिएको झण्डै चार महिना पछि चिनियाँ सरकारले यस्तो घोषणा गरेको हो । चमेरो लगायतका जीवमा रहने कोरोना भाइरस मानिसमा सर्दा विश्वको दुई तिहाई जनसंख्या लकडाउनमा रहेको छ ।
घरेलु जनावर कुकुर र बिरालोको सँगै जंगली जनावरको मासुमा पनि सरकारले प्रतिवन्ध लगाएको छ ।
ह्युमान सोसाइटी इन्टरनेशनल नामक अन्तराष्ट्रिय संस्थाका अनुसार एसियामा मात्र तीन करोड कुकुर मासुका लागि मारिने गरेका छन् । ती मध्य सबैभन्दा बढी चीन, दक्षिण कोरिया र उत्तर कोरियामा मारिने गरेको संस्थाले दावी गरेको छ । जनावरको अधिकारको लागि काम गर्ने यो संस्थाले चीन सरकारको सो कदमको स्वागत गरेको छ ।