जंगल काट्ने सामुदायिक वनका अध्यक्ष पक्राउ

काठमाडौँ । लकडाउनका समयमा विना अनुमति मध्यवर्ती सामुदायिक वन भित्रका रुखहरु फडानी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको खुम्बुपासाङ गाउँपालिका अन्तर्गतको लुक्ला मध्यवर्ती सामुदायिक वनभित्र समितिको निर्णय नभइकनै १५० वटा रुख काटेर व्यापार व्यवसाय चलाउँदै गरेको समितिका अध्यक्ष आङ सोना शेर्पालाई निकुञ्जले पक्राउ गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार समुहको बैठक नबसाली, आम उपभोक्तालाई जानकारी नदिइ र निकुञ्जको अनुमति पनि नलिइ रुख कटान गरेकोले अनुसन्धानका लागि पक्राउ गरी बयान लिने कार्य भइरहेको छ ।

सो सामुदायिक वनमा गुराँस र सल्लोका रुखहरु ढालिएका छन् । त्यो काठ सामुदायिक वनका अध्यक्ष शेर्पाले व्यापारिक प्रयोजनका लागि लकडाउनकै समयमा जंगलबाट निकासी गर्ने उद्धेश्यका साथ काटिएको सूचना स्थानीयले दिएपछि निज अध्यक्ष शेर्पालाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here