चितुवा र रेडपाण्डाको छालासहित पक्राउ

दैलेख । संरक्षित वन्यजन्तु रेडपाण्डा र चितुवाको छालासहित दैलेखमा आठ जना पक्राउ परेका छन् ।

दैलेख प्रहरीका अनुसार दैलेखको नारायण नगरपालिका वडा नम्वर ३ खुर्सानीबारीबाट छाला सहित ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

कर्णाली प्रदेश ०२००१ ज ००३६ नम्बरको जीपमा राखेर ल्याउने क्रममा प्रहरीले ती व्यक्तिहरु रेडपाण्डा र चितुवाको छालासहित पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा नौमुले गाउँपालिकाका धनबहादुर मगर, नौमुले गाउँपालिका तोलीका कविराम अधिकारी, नौमुले गाउँपालिकाकै सवारी चालक वर्षीय रोशन बस्नेत, बालुवाटारका धनबहादुर पुरी, दलबहादुर खत्री, हस्तबहादुर थापा, दैलेख भगवतिमाई गाउँपालिका पगनाथका गोबिन्द थापा र धनबहादुर रावत रहेको छन् ।

जीपमा लुकाई राखेको तीन फिट तीन इन्चको कालो रंगको रेडपाण्डाको छाला एक थान, पाँच फिट नौ ईन्चको चौडाई भएको चितुवाको छाला एक थान, तीन फिट लम्वाई एक फिट, ६ इन्च गोलाई भएको छाला सिलाएको रेडपाण्डाको छाला एक थान फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here