सुदूरपश्चिमका चीनसँग जोडिएका सीमा स्तम्भको अध्ययन हुँदै

बझाङ । चीन तर्फका सीमा स्तम्भको नेपाल सरकारका उच्च अधिकारीले अध्ययन गर्ने भएका छन् ।

दार्चुला, बझाङ, हुम्ला, मुगु र डोल्पा जिल्लामा पर्ने चीनतर्फका सिमा स्तम्भहरुको अध्ययन गरिने भएको हो ।

नेपाल सरकारले सहसचिब स्तरीय टोलीलाई सो कार्यका लागि परिचालन गरिएको छ । सो टोलीमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि सहभागि हुने बताइएको छ ।

सो उच्च स्तरीय टोलीले दार्चुला जिल्लाको सीमा स्तम्भ १, बझाङको २, हुम्लाको ३ र १२, मुगुको १२ र डोल्पा जिल्लाको १२ र १५ नम्बरको स्तम्भको अवस्था अध्ययन गरी हराएका सीमास्तम्भ भए दुई देशका बीच अधिकारी बीच छलफल गरी निर्माण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here