चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रको बुढीराप्ती घाँसे मैदान क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।
यो सहित चितवनमा मात्र गत असार यता ३१ वटा गैँडा मरिसकेका छन् । यस अघि २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए भने चार वटा शिकारीका निशाना बनेका थिए ।
निकुञ्जका अनुसार सुखिभरा घाँसे मैदानी क्षेत्रमा खोजी अभियानको क्रममा एउटा मृत भाले गैँडा भेटिएको हो । अन्दाजी ३० वर्षको उक्त गैँडाको खाग र खुर सुरक्षित रहेकोले गैँडाको मृत्युको कारण प्राकृतिक भएको निकुञ्जले जनाएको छ ।
गत चैत ९ गतेबाट गैँडा गणना सुरु गरिएको थियो । यो गणना सकिए यता यो दोस्रो गैँडा मृत फेला परेको छ । यस अघि पनि एउटा गैँडा मरेको फेला परेको थियो ।
गैँडा गणनामा नेपालमा ७५२ मध्ये चितवन राष्ट्रिय निकुञ्ज र यसको आसपासको क्षेत्रमा मात्र ६९४ गैँडा रेडर्क गरिएको थिए ।
(प्राकृतिक कारणले मृत्यु भएको थप तस्विर)



