नारायणीकलीले छावा जन्मायो

चितवन । चितवन स्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको नारायणीकलीले सोमवार बिहान २ बजेतिर छावा जन्माएको छ ।

नारायणीकलीको यो तेस्रो सन्तान हो । यसका अघिल्लो सन्तानमा माडी गज र लक्की गज हुन ।

माडी क्षेत्रमा रहेका बेला नारायणीकलीले बच्चा जन्माएको हुँदा त्यसको माडी गज राखिएको र अर्काे बच्चा निकै पटक बिरामी भएर पनि बाँचेको हुँदा ज्यादै भाग्यमानी अर्थात लक्की भएकाले हात्तीसारमा त्यसको लक्की गज राखिएको हो । यो बच्चा पनि भाले नै रहेको छ ।

नारायणीकलीका तीन वटै बच्चा भाले जन्मिएका छन् । सत्केरी नारायणीकली र छावाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । हात्ती र छावाको स्याहार सुसारका लागि तीन जना कर्मचारी खदिएका केन्द्रका माउते कृष्ण दुनुवारले जानकारी दिएका छन् ।

केन्द्रमा यो सहित १० वटा बच्चा रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here