वन्यजन्तुको आतंक कायमै

काठमाडौँ । निकुञ्ज वरीपरीका मानव वस्तीमा वन्यजन्तु पसेर गर्ने हानी नोक्सानीका घटना हरेक वर्ष दोहोरिने गरेका छन् । मानव वन्यजन्तु द्धन्द्धका घटना न्यूनीकरण गर्न सरकारी प्रयास खासै प्रभाव हुन सकेका देखिदैनन् । हुन त निकुञ्ज वरीपरी बस्ने बासिन्दामा सचेतनाको अभाव भएर पनि होला, अनुमति नलिएरै निकुञ्जको भित्री भाग सम्म पुग्ने प्रवृतिले यस्ता घटना बढी भएका पनि देखिन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन यता बाघको आक्रमणबाट मात्रै १० जना सर्वसाधारण र एक जना सरकारी कर्मचारीको ज्यान गएको छ भने हात्तीको आक्रमणमा पनि एक जनाको ज्यान गएको छ ।

त्यसैगरी असारदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परेर छ जनाको ज्यान गएको छ भने २३ जना शख्त घाइते भएका छन् । मध्यवर्ती क्षेत्रमा घाँस, दाउरा गर्न जाँदाका बखत अधिकांश घटना हुने गरेका छन् । चितवनमा बाघको आक्रमणमा परी तीन जनाको ज्यान गएको छ भने गैँडाको आक्रमणमा परी दुई जना बँदेलको आक्रमणले केही दिन अघि मात्रै एक जनाले ज्यान गुमाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको रेकर्ड अनुसार गत साउन देखि हालसम्म २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । घाइते हुनेमा गैँडाको आक्रमणबाट १० जना, भालुको चिथोरेर सात जना, बँदेलबाट पाँच जना र हात्तीको आक्रमणमा परेर एक जना शख्त घाइते भएका छन् ।
गत वर्ष चितवनमा वन्यजन्तुको आक्रमणमा परेर छ जनाको ज्यान गएको थियो भने ३४ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here