वन मन्त्री आलेलाई दियो डिफानले चुनौती

काठमाडौँ । आफैले पास गरेको कार्ययोजना बिपरित विना अध्ययन, अनुसन्धान हचुवाको भरमा सरकारले रारा राष्ट्रिय निकुञ्ज (रामसार क्षेत्रमा ) भित्र रहेको होटल र लामटाङ राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनाका लागि दिएको स्वीकृतिको निर्णयको प्रजातान्त्रिक वन प्राविधिक सङ्घ ( डिफान) ले बिरोध जनाएको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले

रारा ताल विश्व रामसार क्षेत्रीमा सूचीकृत नेपालको महत्वपूर्ण जैविक विविधता भएको क्षेत्र हो । सो निकुञ्जको भित्रि भागमा रहेको नेकपा एमाले नेता गोपाल बमद्धारा सञ्चालित डाँफे होटललाई र नेकपा एमालेका नेता ईश्वर पोखरेल लगायतका नेताहरुको लगानी रहेको वल्ड इन्भेष्टमेन्ट कम्पनीलाई लामटाङ राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् उत्पादनका लागि सरकारले विना अध्ययन र मापदण्ड विपरित अनुमति दिएको छ । सो कार्यको प्रजातान्त्रिक वन प्राविधिक संघले बिरोध जनाएको छ ।

नेपाल सरकारको सो निर्णयको बिरोध गर्दै एक विज्ञप्ति मार्फत डिफानले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सो निर्णय सच्याउन पहल गर्नुपर्ने माग राखेको छ ।

मन्त्रीमा नियुक्त भएदेखि नै आलेले नेपालको वन सम्वद्र्धन प्रणाली तथा व्यवस्थापन प्रणालीलाई निरुत्साहित गर्ने कार्य गर्दै आएको भन्दै खेद समेत व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय निकुञ्ज विभागको रारा ताल संरक्षणको स्वीकृत कार्ययोजना विपरित म्याद थप्ने कार्य दुस्साहस गरेको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here