सपनामा समेत चुरेले झसङ्ग पार्छ: वन राज्यमन्त्री बिक

काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी बिकले चुरे भन्ने शब्दले राती सुतेको बेला समेत झसङ्ग पार्ने गरेको बताएकी छिन् ।

सोमवार राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री बिकले बजेट वक्तव्यमा आएको कुरालाई लिएर जताततै चुरेको कुरा आउने गरेकोले आफूलाई राती सुत्दा समेत त्यही कुराले झसङ्ग पार्ने गरेको बताईन् ।

उनले भनिन्, जता जाउँ चुरे नै चुरे सुनिन्छ । बजेट अघि खासै नसुनिएको चुरेको विषयले बजेटपछि व्यापकता पाएको छ । यसले हामीलाई पनि चुरेको महत्व बोध गरायो ।

चुरे संरक्षणका लागि तराईमा मात्र नहेरी चुरे पहाडको फेदीसम्म पनि कार्यक्रमले सम्बोधन गर्नु पर्ने धारणा राख्दै राज्यमन्त्री बिकले भनिन्, पानीको मुहान संरक्षण नगरेसम्म वास्तवमा चुरेको संरक्षण भएको मानिदैन ।

चुरेमा टिमुर जस्ता औषधीय गुण भएका बोट बिरुवा रोप्न सके स्थानीय स्तरमा रोजगारीको समेत सिर्जना गर्न सकिने धारणा उनले व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here