चितवन राष्ट्रिय निकुञ्जमा आचार्यलाई पठाइयो

काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा हरिभद्र आचार्यलाई सरूवा गरेको छ ।

प्रधानमन्त्री तथा वन तथा वातावरण मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा इकोलोजिष्ट पदमा कार्यरत आचार्यलाई चितवनमा सरूवा गर्ने निर्णय गरेका हुन् ।

मन्त्रीपरिषद विस्तार हुनु एक दिन अघि आचार्यको चितवनमा सरूवा भएको हो । हाल चितवनमा कार्यरत अणनाथ बराललाई बिभागमा तानिएको छ ।

नेपालको संरक्षण इतिहासमा महत्वपूर्ण स्थानको रूपमा लिइने चितवनमा विगत केही समय यता संरक्षणका गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको चौतर्फि गुनाशो आएपछि चितवनमा आचार्यलाई पठाइएको विभागले जनाएको छ ।

विभागले आचार्यलाई चितवन पठाउने सिफारिस गरेको दोस्रो पटक हो । विभागका बरिष्ठ अधिकारीका रुपमा रहेका आचार्यलाई यस अघि पनि चितवन पठाउने सिफारिस गर्दा तत्कालिन वन सचिव डा. विश्वनाथ ओलीले बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई कामकाज गर्नु हुन भन्ने चिठ्ठी पठाएका थिए ।

संरक्षणमा सरोकार राख्ने सबै सरोकारवालाहरूसँग नजिकको सम्बन्ध राखेर मात्र संरक्षण गर्न सकिन्छ भन्ने सोच राख्ने आचार्यले हाल चितवनमा समुदायसँग बिग्रेको सम्बन्ध सुधार गर्ने र नेपाली सेनासँगको सम्बन्धलाई अझ उचाईमा पु¥याउने विश्वास विभागले राखेको छ ।

मन्त्रालयका एक बरिष्ठ अधिकारीका अनुसार चितवनमा नेपाली सेना, समुदाय तथा अन्य संरक्षण साझेदार संस्थासँग अझ सुमधुर सम्बन्ध स्थापित गरी संरक्षणमा उल्लेख्य योगदान पु¥याउने विश्वासका साथ यो जिम्मेवारी आचार्यलाई दिइएको हो ।

ती अधिकारीले नेपालकथासँग भने, ‘‘चितवन जाने चाहना त धेरैले राख्नु स्वभाविक हो । चितवनमा सुधार गर्नुपर्ने धेरै कुराहरु भएकाले अहिलेको अवस्थामा आचार्यजी नै उपर्युक्त पात्र भएको निष्कर्ष निकालिएको हो ।”

को हुन् आचार्य

नेपालको मध्यभूमि तनहुँ जिल्लामा जन्मेका आचार्यले चितवन नारायणगढको बालकुमारी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका हुन् । थाइलैण्डबाट प्राकृतिक स्रोत तथा वातावरणीय व्यववस्थापनमा एमएस्सी अध्ययन पूरा गरेका आचार्यको सरकारी सेवा प्रवेश २०५४ सालमा भएको हो । जागिरे जीवनमा हिमाल, पहाड र तराई भूगोलको अनुभव सँगालेका आचार्यले वन विज्ञान अध्ययन संस्थान पोखरामा वन विज्ञानमा स्नातक तहको अध्ययन सकाएका हुन् ।

राष्ट्रिय निकुञ्जमा फिल्डस्तरको राम्रो ज्ञान र अनुभव भएका आचार्यले वन्यजन्तुको चोरी शिकार नियन्त्रण, वन्यजन्तु संरक्षण र व्यवस्थापन लगायतका बिभिन्न अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारमा भाग लिएका छन् ।

शिवपुरी, लामटाङ, पर्सा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा थुप्रै सुधारका काम गरेका आचार्यसँग भूसंरक्षण विभागका रहँदा अर्घाखाँची,कास्की, इलाम, झापा जिल्लामा रहेर काम गरेको अनुभव पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here