बाढी पहिरो क्षेत्रमा पुगे प्रधानमन्त्री देउवा

काठमाडौ l प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले क्षति पु¥याएको सुुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँको स्थलगत भ्रमणमा निस्किएका छन् ।

बिहीवार बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट देउवा काठमाडौँबाट प्रस्थान गरेका छन् । देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायर पनि रहेका छन् ।

बिहीवार दिनभरी प्रधानमन्त्री देउवाले बाढी पहिराले क्षति भएका ठाउँका स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । शुक्रवार मात्र देउवा राजधानी फर्किने भएका छन् ।

प्रधानमन्त्री देउवाको भ्रमण तालिका

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here