बाघले आक्रमण गरेको व्यक्तिको शव फेला

बर्दिया । बर्दियामा सोमवार साँझ बाघले मान्छे तानेर जंगलभित्र लगेका व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्वर ४ शान्तिपुर ढिकुनियामा जंगलमा गाईवस्तु चराउदै गर्दा सोमवार साँझ बाघको आक्रमणमा परेका ४० वर्षीय जनक थारुको शव राती हात्ती सहितको खोजी टोलीले भेटाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार हात्ती सहितको खोजी टोलीले घटनास्थल नजिकैको काँस घारीमा थारुको शब फेला पारेको हो । थारुको शब पोष्टमार्टमका लागि गुलरिया लगिएको छ ।

घटनास्थलमा तैनाथ राती हात्तीको गस्ती टोली

बाघको पहिचान गर्नका लागि निकुञ्जले घटनास्थल वरपर सिसीक्यामरा जडान गरी खोजनीति र बाघको अध्ययन गर्ने काम सुरू भइसकेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here