बबईमा गोही छाडियो

बर्दिया । बर्दिया स्थित बबई नदीमा तीन वटा घडियाल गोही छाडिएका छन् । ती गोहीलाई बबई नदीको परेवाओडार क्षेत्रमा छाडिएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका पोथी घडियाल गोहीलाई वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले एक ÷एक गोहीलाई नदीमा छाडेका छन् ।

प्राकृतिक बासस्थानमा निकै न्यून संंख्यामा रहेको घडीयाल गोहीको सख्यालाई वृद्धि गर्न सरकारले चितवन र बर्दियामा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरी प्राकृतिक बासस्थानमा छाड्न्े गरेको छ ।

हाल बर्दिया स्थित प्रजनन केन्द्रमा बिभिन्न उमेर समुहका घडियाल गोहीको संरक्षण कार्य भइरहेको छ ।

निकुंञ्जका सहायक सरक्षण अधिकृत अशिम थापाका अनुसार प्रजनन केन्द्रमा यही असारमा १९ वटा नयाँ बच्चा जन्मिएका छन् । ११ वटा वयस्क गोही छन् । ३२ वटा गोही चार वर्ष उमेर समुहका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here