विद्युत् नियमन आयोगका पदाधिकारी बर्खास्त

काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह तथा सदस्यहरु रामेश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीलाई बर्खास्त गरेको हो ।

यस अघि सरकारले आयोगका पदाधिकारी माथि छानबिन समिति गठन गरेको थियो र सो समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरेको बताएको छ ।

सरकारले छानविन समिति नबनाउँदै आयोगका एक जना सदस्य रामप्रसाद धितालले भने यसअघि नै राजीनामा गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here